नेपाल टोस्टमास्टर्स फुटसलको उपाधि ललितपुर लायन्सलाई
काठमाडौं : डिस्ट्रिक्ट ४१ को डिभिजन ‘ए’द्वारा आयोजित ‘नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन-३’को उपाधि ललितपुर लायन्सले जितेको छ।
ललितपुरको सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा ८८४९ एफसीलाई पराजित गर्दै लायन्सले च्याम्पियन ट्रफी हात पारेको हो। प्रतियोगितामा देशभरका १२ टिमका १२० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए।
प्रतियोगिता अन्तर्गत व्यक्तिगत विधातर्फ ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए भने विविएस नाइट्सकी सोनी चौरासियाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितिन्। त्यसैगरी, प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीको पुरस्कार ललितपुर लायन्सका सुजल साहिलले प्राप्त गरे।
पुष १५, २०८२ मंगलबार १९:४२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।