हुन्डाई मोटरको मनायो ५७औं वार्षिकोत्सव
काठमाडौं : विश्वविख्यात अटोमोबाइल ब्रान्ड हुन्डाई मोटर कम्पनीले आफ्नो ५७औं वार्षिकोत्सव मनाएको छ।
सन् १९६७ मा स्थापना भएको हुन्डाईले नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत विश्वभर २०० भन्दा बढी देशमा आफ्नो उपस्थिति जनाएको छ।
नेपालमा सन् २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. आधिकारिक वितरकका रूपमा कार्यरत छ।
४५ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको हुन्डाईले नेपालमा ‘हुन्डाई परिवार’ कार्यक्रममार्फत ग्राहकलाई विशेष लाभ प्रदान गर्दै आएको छ।
यसै वर्षको मे महिनामा नेपालमै सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरी स्थानीय उत्पादन र रोजगारी सिर्जनामा समेत योगदान पुर्याएको कम्पनीले जनाएको छ।
‘प्रोग्रेस फर ह्युम्यानिटी’ को मूलमन्त्रसहित हुन्डाईले सुरक्षित र दिगो मोबिलिटी समाधानमार्फत आफ्नो यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
पुष १५, २०८२ मंगलबार ११:४९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।