कुलमानलाई समेट्न रवि-बालेन फेरि संवादमा

कुलमानलाई समेट्न रवि-बालेन फेरि संवादमा

काठमाडौं : निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समय घर्किँदै गर्दा वैकल्पिक राजनीतिको तयारीमा रहेका शक्तिहरूबीच पुनः निर्णायक संवाद सुरु भएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र शाह 'बालेन'ले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई एकता प्रक्रियामा ल्याउन अन्तिम प्रयास थालेका हुन्।

आइतबार राति भएको छलफल निष्कर्षविहीन बनेको थियो। रवि र बालेनबीच सहमति हुँदा कुलमान समेटिएका थिएनन्। कुलमानलाई बाहिर राखेर जाँदा सन्देश राम्रो नजाने भन्दै जेनजीका प्रतिनिधिहरूले उनलाई पनि एकतामा ल्याउन दबाब दिइरहेका छन्। वैकल्पिक शक्तिहरू नफुटिकन एकै ठाउँमा उभिन पर्नेमा उनीहरूको जोड छ। 

एकताको लागि प्रस्ताव गरिएको पदीय मर्यादा र शक्ति सन्तुलनमा कुलमान असन्तुष्ट रहेको बताइन्छ। सोही विषयमा सहमति जुटाउन अहिले अन्तिम प्रयास गरिँदै छ। यता निर्वाचन आयोगको कार्यतालिका अनुसार आजै समानुपातिक सूची बुझाउनुपर्ने भएकाले त्यसअघि नै साझा निष्कर्ष निकाल्ने गरी संवाद भइरहेको छ। 

पुष १४, २०८२ सोमबार १७:१५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।