इन्जिन सट्टापट्टाका लागि इजरायल जाँदै नेपाल वायुसेवाको ए-३२०
काठमाडौं : नेपाल वायुसेवा निगमको ए-३२० जहाजको इन्जिन सट्टापट्टा प्रक्रिया सुरु भएको छ। इजरायलस्थित आइएआईसँगको वार्तापछि ‘मेन्टेनेन्स विथ लिज सपोर्ट’ सम्झौता अन्तर्गत समझदारी (एमओयु) भएपछि जहाज इजरायल जान लागेको हो।
जहाज डिसेम्बर २८ मा काठमाडौं-दुबई उडान भरेर डिसेम्बर २९ मा इजरायल पुग्ने कार्यतालिका छ। इन्जिन जडान र प्राविधिक प्रक्रिया पूरा गरी सन् २०२६ जनवरी दोस्रो साता जहाज नेपाल फर्किनेछ।
निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र उच्च व्यवस्थापनको निरन्तर प्रयासले लामो समयदेखि विवादमा रहेको यो विषय टुङ्गिएको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
पुष १४, २०८२ सोमबार १६:२१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।