बालेनको धोकापछि बाबुरामको पार्टीसँग एकताको छलफलमा कुलमान
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहले आफूलाई नसमेटी एकता गरेपछि ऊर्जा मन्त्री समेत रहेका उज्यालो पार्टीका नेता कुलमान घिसिङले बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताको गृहकार्य सुरु भएको छ। शनिवार बेलुकासम्म कुलमान पार्टी एकताका लागि बालेन र रविसँग छलफलमा थिए।
बालेन पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व रास्वपाकै स्वीकार गरेर एकता गर्न सहमत भए पनि कुलमानले भने आफ्नो पार्टीको समेत पहिचान समेटिने गरी नाम, नेतृत्व वा चुनाव चिन्हमध्ये एक आफूले भने अनुसार हुनुपर्ने सर्त राखेपछि बालेन उनीबिना नै रास्वपामा समाहित हुन राजी भएर सम्झौता गरेका थिए।
बालेन र रवि मिलेपछि आइतबारै दुवै दलबाट कार्यदल बनाएर पार्टी एकताबारे छलफल अगाडि बढाइएको हो। दुवै दलबाट कार्यदलै बनाएर छलफल अगाडि बढाइएको हो। रास्वपा छाडेका सन्तोष परियार, बाबुराम भट्टराइको नयाँ शक्ति र माओवादी छाडेका जनार्दन शर्माको समूह मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको थियो।
पार्टीको नेतृत्व सामूहिक अध्यक्ष प्रणालीमा लगेर मुख्य नेताहरू संरक्षक बसेका छन्।
पुष १३, २०८२ आइतबार १८:५३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।