विघटित प्रतिनिधि सभाका सभामुख र उप-सभामुखको पदावधि सकियो
काठमाडौं : प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम दर्ताको प्रक्रिया सुरु भए लगत्तै विघटित प्रतिनिधि सभाको सभामुख र उपसभामुखको कार्यकाल सकिएको छ। सभामुखमा एमालेका देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना छिन्।
संवैधानिक प्रावधान अनुसार प्रतिनिधि सभा विघटन भएर मध्यावधि भएको अवस्थामा निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म पदमा कायम रहने प्रावधान छ। निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको हकमा पुस १३ र १४ गते सूची दर्ताको समय तोकेकाले शनिवार मध्यरातबाट दुवैको अवधि सकिएको हो।
पुष १३, २०८२ आइतबार १५:४७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।