आकासियो सुनचाँदीको भाउ, हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं : पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ। आइतबार पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। दुवै धातुको मूल्य हालसम्मको उच्च हो।
अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुन चार हजार ५३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पुष १३, २०८२ आइतबार १२:०३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।