शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा
पर्सा : वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
पछिल्लो एक सातादेखि महानगर आसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए। 'वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको हो,’ उनले भने।
महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो। आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ।
पुष १२, २०८२ शनिबार २०:४९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।