बालेन-रास्वपा एकता वार्ता : हस्ताक्षरअघि कुलमानसँग छलफलको तयारी
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज निर्णायक वार्ता हुने भएको छ।
भेटवार्ताको स्थान गोप्य राखिए पनि आजै दुई पक्षबीच एकतासम्बन्धी सहमतिमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो।
तर, रास्वपाले सहमतिअघि ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङसँग पनि छलफल गर्नुपर्ने अडान राखेपछि बालेनले घिसिङसँग छुट्टै छलफलको तयारी गरेका छन्।
स्रोतका अनुसार शुक्रबार दोस्रो तहका नेताहरूले सहमतिको प्रारम्भिक खाका तयार पारिसकेका छन्। उक्त खाकामा बालेन र कुलमानको भूमिकाका साथै ‘जेन-जी’ (नयाँ पुस्ता)को प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेटिएको छ।
सहमतिअनुसार आगामी निर्वाचनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ नै प्रयोग गर्ने गरी तयारी अघि बढाइएको छ।
बालेन निकट स्रोतका अनुसार आज हुने शीर्ष नेताहरूबीचको ‘वान-टु-वान’ बैठकपछि रास्वपासँग सहकार्य गरेर अघि बढ्ने वा एक्लै जाने भन्ने विषयमा अन्तिम निर्णय हुनेछ।
पुष १२, २०८२ शनिबार १०:३८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।