तराईमा बाक्लो हुस्सु, पहाडी भेगमा आंशिक बदली

तराईमा बाक्लो हुस्सु, पहाडी भेगमा आंशिक बदली

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। विभागका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

शनिबार राति तराईका अधिकांश भू-भागहरूमा बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो पनि तराई क्षेत्रको मौसममा खासै सुधार नआउने देखिएको छ। तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायमै रहनेछ।

यसले गर्दा जनजीवन र यातायात सेवामा सामान्य प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी पहाडी तथा हिमाली क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

चिसो बढ्दै गएको र तराईमा हुस्सु/कुहिरोको प्रभाव रहने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

पुष १२, २०८२ शनिबार ०८:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।