जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

काठमाडौं : भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि बनेको जाँचबुझ आयोगविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। 

गौरीबहादुर कार्कीको नेतृत्वको आयोगविरुद्धको रिट निर्देशनात्मक आदेशसहित खारेज गरेको हो। न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेर निर्देशनात्मक आदेश जारी गरेको छ।

कात्तिक २८ मा विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीसहितलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए।

रिटमा पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन हुन गएको दाबी थियो।

पुष ११, २०८२ शुक्रबार १५:१६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।