हुन्डाई नेपालको ‘विन्टर डिलाइट’ योजना, ५ लाखसम्म छुट र आकर्षक सुविधा

हुन्डाई नेपालको ‘विन्टर डिलाइट’ योजना, ५ लाखसम्म छुट र आकर्षक सुविधा

काठमाडौं : हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘हुन्डाई विन्टर डिलाइट’ योजना सार्वजनिक गरेको छ।

यही २५ डिसेम्बर २०२५ देखि लागू भएको यस योजनाअन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छुट र छानिएका मोडेलहरूमा १ लाख रुपैयाँसम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्।

साथै, १ वर्षको निःशुल्क बीमा र सवारी करको सुविधा पनि उपलब्ध गराइएको छ।

कम्पनीले आफ्ना गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई-भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ सुविधा रहेको जनाएको छ। यो योजना सीमित अवधिका लागि देशभरका हुन्डाई शोरुमहरूमा उपलब्ध हुनेछ।

पुष ११, २०८२ शुक्रबार १०:२३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।