बिहीबार १० पुस, २०८२
आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो।
बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छापावाल सुन बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ।
बुधबार तोलामा ४ हजार २ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
पुष १०, २०८२ बिहीबार ११:४७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।