‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

काठमाडौं : चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ। ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ। शब्द तथा संगीत बाबुल गिरीको छ।

क्याची गीतले सिनेमाको मुड दर्साउने प्रयास गरेको छ। रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ।

गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ। गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ।

पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ। सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन्। उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन्।

चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ। ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन्। छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ। 

पुष ९, २०८२ बुधबार १४:४६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।