सुनको मूल्यमा नौ सयले वृद्धि, चाँदी पनि महँगियो
काठमाडौं : आज नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।
आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ थियो।
पुस महिनाको सुरुमा २ लाख ५९ हजार रहेको सुनको मूल्य महिनाको ९ गतेसम्म आइपुग्दा नौ हजार रुपैयाँ वृद्धि भएको छ।
यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य ४ हजार २५५ रुपैयाँ थियो।
आज एकैदिन चाँदी तोलामा १६५ रुपैयाँले बढेको छ।
पुष ९, २०८२ बुधबार १०:५१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।