भीजी मोटर्सले ल्यायो विद्युतीय भ्यान, सञ्चालन खर्चमा भारी बचत हुने दाबी

भीजी मोटर्सले ल्यायो विद्युतीय भ्यान, सञ्चालन खर्चमा भारी बचत हुने दाबी

काठमाडौं : नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डको आधिकारिक विक्रेता भीजी मोटर्सले ७ सिटर 'एसआरएम' विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गरेको छ। 

काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यानको अनावरण गरे। ५० किलोवाट क्षमताको मोटर जडित यस भ्यानले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। 

३९ लाख रुपैयाँ मूल्य तोकिएको यो भ्यान विशेष गरी स्कुल, होटल र कर्पोरेट हाउसहरूका लागि उपयुक्त मानिएको छ। देशभर ७५ भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरको नेटवर्क रहेको यस गाडीका स्पेयर पार्ट्स अन्य ईभीको तुलनामा ८० प्रतिशत सस्तो पर्ने दाबी गरिएको छ। 

पुष ७, २०८२ सोमबार १८:५४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।