डीपीलाई धन्यवाद दिएर रविले सम्हाल्ने सभापतिको जिम्मेवारी

डीपीलाई धन्यवाद दिएर रविले सम्हाल्ने सभापतिको जिम्मेवारी

काठमाडौं : सहकारी ठगीको फैसलामा दोषी ठहरिए हुनसक्ने सम्भावित बिगो रकम बुझाएर थुनामुक्त भएका रवि लामिछानेले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको रूपमा काम सुरु गरे। आइतबार उनी पार्टीको केन्द्रीय कार्यालयमा पुगेर सभापतिको रूपमा काम सुरु गरेका हुन्।

उनले सभापतिको कार्यभार सुरु गरेपछि उनकै सभापतित्वमा बैठक बसेको थियो। बैठकमा उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक भएर पार्टीलाई संगठित र अनुशासित रूपमा सम्हालेको भन्दै डीपी अर्याललाई धन्यवाद दिएको प्रवक्ता मनिष झाले बताए।

उनले बैठकमा अहिले उत्सव मनाउने बेला नभएको र धेरै सङ्घर्ष बाँकी छ रहेको भन्दै पार्टीको विभिन्न जिम्मेवारीमा रहेकालाई संयमित र अनुशासित हुन अनुरोध गरेको झाले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

पुष ६, २०८२ आइतबार १९:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।