सुनचाँदीको मूल्यमा उतारचढाव
काठमाडौं : पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आइतबार त्यति नै परिमाणको सुन दुई लाख ५८ हजार ३०० मा झरेको छ।
गत मङ्गलबार दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ। चाँदी प्रतितोला तीन हजार ८८५ बाट बढ्दै बिहीबार चार हजार ८० सम्म पुगेको थियो। आइतबार एक तोला चाँदीको मूल्य चार हजार १०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
पुष ६, २०८२ आइतबार १२:३२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।