मधेसको मुख्यमन्त्री यादवको विपक्षमा शून्य मत

मधेसको मुख्यमन्त्री यादवको विपक्षमा शून्य मत

काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको विपक्षमा शून्य मत भएसँगै उनले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।शुक्रवार मधेस प्रदेश सभामा उनले विश्वासको प्रस्ताव राखेका थिए।

यादव मुख्यमन्त्री बन्दा समर्थन नगरेको एमालेका सांसदहरूले समेत उनको पक्षमा मत दिँदा पक्षमा कुल ९२ मत परेको थियो। मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई मत दिए।

लामो रस्साकस्सीपछि एमाले बाहेकका सात दलको समर्थनमा कांग्रेसका यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

पुष ४, २०८२ शुक्रबार २०:०१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।