गोलीबारीपछि ट्रम्पको कडा कदम, अमेरिकामा डिभी लटरी बन्द

गोलीबारीपछि ट्रम्पको कडा कदम, अमेरिकामा डिभी लटरी बन्द

एजेन्सी : अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन्। 

पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर- १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थीमाथि गोली चलाएको आरोप लगाइएको छ। जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।

उनीमाथि दुई दिनपछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आ इटी) का एक जना प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको जनाइएको छ। नोमले सामाजिक सञ्जालमा नेभेस भ्यालेन्टे सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डिभि-१) मार्फत संयुक्त राज्य अमेरिकामा प्रवेश गरेर ग्रिन कार्ड प्राप्त गरेको बताएका छन्।

'राष्ट्रपति ट्रम्पको निर्देशनमा, तुरुन्तै संयुक्त राज्य अमेरिकाको नागरिकता र अध्यागमन सेवा (युयस सी आइयस) ग्रीन कार्ड कार्यक्रम रोक्न निर्देशन दिएको उल्लेख गर्दै विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानी नहोस् भन्ने अभिप्रायले निलम्बन गरेको बताइएको छ। यस क्रममा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई आफ्नो देशमा कहिल्यै अनुमति दिनु नहुने भनिएको छ। 

नेभेस भ्यालेन्टे लामो खोजीपछि आत्महत्या गरेर मृत फेला परेको प्रहरीले जनाएको छ। अमेरिकी विदेश विभागका अनुसार ग्रिन कार्ड लटरीले संयुक्त राज्य अमेरिकामा आप्रवासनको लागि विभिन्न देशबाट आएका मानिसहरूलाई वार्षिक रूपमा ५५ हजार जनालाई स्थायी निवासी भिसा प्रदान गर्दछ।

जसको लागि योग्य हुन, आवेदकहरूले अमेरिकामा कम्तीमा उच्च विद्यालय शिक्षा वा दुई वर्षको प्रशिक्षण वा कार्य अनुभव प्राप्त गरेको हुनु पर्दछ। आवेदकहरू जाँच प्रक्रियाको माध्यमबाट पनि यस कार्यक्रममा समावेश हुन सक्छन् जसमा अन्तर्वार्तासमेत समावेश छ।

पुष ४, २०८२ शुक्रबार १६:०८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।