बस चेकजाँच गर्दा पेस्तोल फेला, एक युवा प्रहरी नियन्त्रणमा
तनहुँ : आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका-१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन्। प्रहरीले सवारीसाधन रोकी जाँच गर्ने क्रममा यादव पेस्तोलसहित भेटिएका थिए। यादव बाराको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ नम्बरको बसमा सवार थिए।
यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए। पृथ्वीराजमार्ग सडक-खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिने प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई तीव्रता दिँदै आएको छ।
पुष ४, २०८२ शुक्रबार १४:३५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।