सुनको मूल्य तोलामा २ हजारले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो।
मुल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार गिरावटसँगै आज चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।
पुष ४, २०८२ शुक्रबार १०:५३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।