एमालेको नयाँ नेतृत्वद्वारा शपथ ग्रहण, महाधिवेशन सम्पन्न (फोटो फिचर)

एमालेको नयाँ नेतृत्वद्वारा शपथ ग्रहण, महाधिवेशन सम्पन्न (फोटो फिचर)

काठमाडौं : नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै एमाले को ११औँ राष्ट्रिय महाधिवेशन बिहीबार सम्पन्न भएको छ।

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौंको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको बिहीबार औपचारिक समापन भएको हो। सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरेका थिए।

अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन्। अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए।

आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराएका छन्। 

तस्बिर : दिपेश श्रेष्ठ/उकेरा

तस्बिर : दिपेश श्रेष्ठ/उकेरा

तस्बिर : दिपेश श्रेष्ठ/उकेरा

तस्बिर : दिपेश श्रेष्ठ/उकेरा

तस्बिर : दिपेश श्रेष्ठ/उकेरा

पुष ३, २०८२ बिहीबार १८:१९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।