नेपाल टेलिकमको सहप्रवक्ताको जिम्मेवारी थापालाई
काठमाडौं : नेपाल टेलिकमको सहप्रवक्ताको जिम्मेवारी प्रक्षेप थापा क्षेत्रीलाई दिइएको छ।
कम्पनीले बुधबार एक सूचना जारी गर्दै सहप्रवक्ताको जिम्मेवारी क्षेत्रीलाई दिइएको जनाएको छ।
उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक थिए।
क्षेत्रीलाई कम्पनीको सह- प्रवक्ताको जिम्मेवारी दिइएको प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।
पुष ३, २०८२ बिहीबार १२:४९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।