एमाले महाधिवेशनको मतगणना : प्रारम्भिक नतिजामा ओलीको फराकिलो अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
काठमाडौं : एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।
२ हजार २ सय २७ मत खसेकोमा सार्वजनिक भएको प्रारम्भिक मतपरिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो अग्रता लिएका छन्।
सुरुवाती रुझान अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन्।
प्रारम्भिक मतपरिणाममा महासचिव पदमा भने कडा प्रतिस्पर्धा देखिएको छ। महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र प्रसाद पाण्डेले १०८ मत ल्याएर पछ्याइरहेका छन्। उनीहरूबीच जम्मा ७ मतको अन्तर छ।
उपाध्यक्ष पदको प्रारम्भिक गणनामा विष्णु प्रसाद पौडेलले अग्रता लिएका छन्। उनले १७३ मत पाउँदा पृथ्वी सुब्बा गुरुङले १७१ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै रामबहादुर थापा ‘बादल’ले १५३ मत पाएका छन्।
उपाध्यक्षका अन्य उम्मेदवारहरूमध्ये गोकर्ण राज विष्टले १३३, रघुजी पन्तले १२३, गुरु प्रसाद बरालले १०९, विन्दा पाण्डेले ९८, पर्शुराम मेघी गुरुङले ४७, टंक प्रसाद कार्कीले ४३, अरुण नेपालले ३८ र भिम प्रसाद आचार्यले २७ मत ल्याएका छन्।
उपमहासचिवमा लेखराजको अग्रता
उपमहासचिव पदमा लेखराज भट्टले १४७ मतसहित अग्रता बनाएका छन्। योगेश भट्टराईले १४० र रघुवीर महासेठले १२६ मत ल्याएका छन्। त्यसैगरी विष्णु रिमालले १०५ मत पाउँदा, आनन्द पोख्रेल ७१, वैजनाथ चौधरी ५४ र राजेन्द्र गौतमले २६ मत पाएका छन्।
सचिव पदमा पद्मा कुमारी अर्यालले १५२ मत ल्याउँदा महेश बस्नेत १५० मतसहित दोस्रो स्थानमा छन्। छविलाल विश्वकर्माले १४५ र शेरधन राईले १४१ मत पाएका छन्। यसका अलावा सचिव पदमै हिक्मत कार्की १३८, खगराज अधिकारी १३२, राजन भट्टराई ११३, भानुभक्त ढकालले १०७ मत पाएका छन्।
त्यसैगरी गोकुल बास्कोटा १०४, कर्णबहादुर थापा ९३, ठाकुर गैरे ९३, रचना खड्का ८३, विनोद ढकाल ८२, अग्नि खरेल ७७, लाल बाबु पण्डित ७३, कृष्ण गोपाल श्रेष्ठ ५९, पुरुषोत्तम पौडेल ५९, पेम्बा लामा ५० र इन्द्रलाल सापकोटाले ४१ मत पाएका छन्।
मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय २७ मत खसेको छ, त्यसैले अन्तिम नतिजा आउन बाँकी नै छ।
पुष ३, २०८२ बिहीबार १०:५८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।