सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ ४ हजार नाघ्यो

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ ४ हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो।

मंगलबार प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।

महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी, आज एकैदिन तोलामा १७० रुपैयाँले बढेर ४ हजार ५५ रुपैयाँ पुगेको छ।

पुष २, २०८२ बुधबार ११:१३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।