प्राविधिक र चिसो मौसम कारण देखाउँदै एमाले मतदान भोली बिहान ८ बजे सारियो

प्राविधिक र चिसो मौसम कारण देखाउँदै एमाले मतदान भोली बिहान ८ बजे सारियो

काठमाडौं :  नेतृत्व चयनका लागि एमालेमा तय भएको मतदान प्रक्रिया बुधवार बिहान ८ बजे सरेको छ। विध्दुतिय मतदानमा प्राविधिक समस्या आएको भन्दै मतदानको समय भोली बिहानलाई सारियो। अहिले ८ बजेबाट मतदान हुने भनेकाले प्रतिनिधिहरू लाइनमा लागिसकेका थिए।

तर महासचिव शंकर पोखरेलले मतदानस्थलबाट भोलि (बुधवार) बिहान ८ बजेसम्मका लागि मतदान सरेको बताए। उनले मतदानमा आएको प्राविधिक समस्या र चिसो मौसमका कारण मतदानको समय सारेको बताए।

मतदानको समय बुधवार विहान ८ बजेलाई सारेको घोषणा गर्दा मञ्चमा केपी ओली, इश्वर पोखरेल लगायतका नेताहरु सँगै थिए। मध्यरात मतदान गर्ने कार्यतालिका आएपछि पोखरेल समूहले रातको समयमा गडबडी हुने शंका गरेका थिए।

पुष १, २०८२ मंगलबार २०:३४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।