राजेन्द्र गौतमले लिए उपमहासचिव पदको उम्मेदवारी फिर्ता
काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बनेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उनले उपमहासचिव पदका लागि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दिएका थिए।
खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै छ। एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा मंगलबार निर्वाचन हुँदै छ।
पुष १, २०८२ मंगलबार १५:१५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।