एमाले महाधिवेशन : पदाधिकारीको १९ पदका लागि ४२ जनाको उम्मेदवारी, सबैभन्दा धेरै सचिवमा (नामावलीसहित)

एमाले महाधिवेशन : पदाधिकारीको १९ पदका लागि ४२ जनाको उम्मेदवारी, सबैभन्दा धेरै सचिवमा (नामावलीसहित)

काठमाडौँ : एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा १९ वटा पदाधिकारीका लागि ४२ जनाको उम्मेदवारी परेको छ। सोमबार बेलुका सार्वजनिक भएको उम्मेदवारको नामावली अनुसार अध्यक्ष र महासचिवमा दुई-दुई जनाको उम्मेदवारी परेको छ। सबैभन्दा धेरै नौ जना निर्वाचित हुने सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ।

पाँच जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ। पाँच-पाँच जनाको प्यानल अनुसार उम्मेदवारी परेकोमा स्वतन्त्रको रुपमा भीम आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन्। उपमहासचिवको तीन पदका लागि सात जनाको उम्मेदवारी परेको छ। यसमा राजेन्द्र गौतमले स्वतन्त्रको रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।

सबैभन्दा धेरै उम्मेदवारी सचिवमा परेको छ। ९ पदका लागि २० जनाको उम्मेदवारी परेको छ। यसमा दुबै प्यानल मिलाएर १० जना हुन्छन्। दुई उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दिएका छन्। केपी ओलीको प्यानलमा नपरेपछि लालबाबु पण्डितले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिएका हुन्।

प्रमुख पदाधिकारीमा उम्मेदवारहरू

  • अध्यक्ष (१ पद): ईश्वर पोखरेल र केपी शर्मा ओली।
  • उपाध्यक्ष (५ पद): अरूण नेपाल, गुरू प्रसाद बराल, गोकर्णराज विष्ट, टंक प्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वी सुब्बा गुरूङ, भीम प्रसाद आचार्य, रघुजी पन्त, राम बहादुर थापा (बादल), डा. विन्दा पाण्डे, र विष्णुप्रसाद पौडेल।
  • महासचिव (१ पद): शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे।
  • उपमहासचिव (३ पद): आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्र प्रसाद गौतम, लेखराज भट्ट, विष्णु प्रसाद रिमाल, र वैजनाथ चौधरी।
  • सचिव (९ पद): अग्नि प्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्ण बहादुर थापा, कृष्ण गोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुल प्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर प्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कंडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद प्रसाद ढकाल, र शेरधन राई।

केन्द्रीय सदस्य (भुगोल क्लष्टर)

सुदुरपश्चिम (२० पद) :

  • खुला (५ पद) मा १७ जना।
  • युवा (४० वर्ष मुनिका) (१ पद) मा ४ जना।
  • महिला (३ पद) मा ७ जना।

कर्णाली (९ पद) :

  • खुला (५ पद) मा ८ जना ।
  • युवा (४० वर्ष मुनिका) (१ पद) मा २ जना।
  • महिला (३ पद) मा ४ जना।

लुम्विनी (९ पद) :

  • खुला (५ पद) मा १२ जना।
  • युवा (४० वर्ष मुनिका) (१ पद) मा २ जना।
  • महिला (३ पद) मा ३ जना।

गण्डकी (९ पद):

  • खुला (५ पद) मा १० जना।
  • युवा (४० वर्ष मुनिका) (१ पद) मा २ जना।
  • महिला (३ पद) मा ४ जना।

बागमती (९ पद) :

  • खुला (५ पद) मा ११ जना।
  • युवा (४० वर्ष मुनिका) (१ पद) मा ५ जना।
  • महिला (३ पद) मा ४ जना।

मधेश (९ पद):

  • खुला (५ पद) मा १५ जना।
  • युवा (४० वर्ष मुनिका) (१ पद) मा ४ जना।
  • महिला (३ पद) मा ९ जना।

कोशी (९ पद):

  • खुला (५ पद) मा १० जना।
  • युवा (४० वर्ष मुनिका) (१ पद) मा २ जना।
  • महिला (३ पद) मा ५ जना।

राजधानी विशेष (९ पद):

  • खुला (५ पद) मा १० जना 
  • युवा (४० वर्ष मुनिका) (१ पद) मा ४ जना।
  • महिला (३ पद) मा ६ जना ।

सम्पर्क समन्वय (४ पद) :

  • खुला (३ पद) मा ५ जना।
  • महिला (१ पद) मा २ जना।

समावेशी क्लष्टर

आदिवासी जनजाती (२५ पद):

खुला (१५ पद) मा ३७ जना, युवा (२ पद) मा ७ जना, र महिला (८ पद) मा १४ जना।

मधेसी (२१ पद):

खुला (१३ पद) मा २४ जना , युवा (२ पद) मा २ जना , र महिला (६ पद) मा ८ जना ।

मंसिर २९, २०८२ सोमबार २३:३८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।