महासचिवका उम्मेदवार सुरेन्द्रले भने “उम्मेदवार बनेपछि प्यानल जस्तो भइहाल्ने रहेछ”

महासचिवका उम्मेदवार सुरेन्द्रले भने “उम्मेदवार बनेपछि प्यानल जस्तो भइहाल्ने रहेछ”

काठमाडौं : एमालेको ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवार बनेका सुरेन्द्र पाण्डेले अहिलेको विषम् परिस्थितिमा पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आफूले उम्मेदवारी दिएको बताए।

उनले पार्टीको जनधारलाई थप फराकिलो बनाउन लोकतान्त्रिक विधिको अभ्यास हुनुपर्ने र पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले निर्वाचनमा प्रतिस्पर्धा गर्दा प्यानल जस्तो देखिए पनि पार्टीभित्रका सबै एक ढिक्का रहेको र सबैले लोकतन्त्रको अभ्यास गर्ने बताए।

महाधिवेशन सात-आठ सय जना उम्मेदवार बनेको भन्दै त्यसले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धामा उत्रिएको भन्दै सबै मिलेर पार्टीलाई थप उन्नत बनाएर अगाडि बढ्नुपर्ने बताए।

“पार्टीलाई सामूहिक पद्धतिबाट अगाडि बढाउने, पार्टीको संगठन तल्लो तहसम्म पुर्याउने र नागरिकसँग पार्टीको सम्बन्ध अझ सुदृढ गर्ने मेरो मुख्य अजेण्डा हो,” उनले भने “ वैज्ञानिक विधिबाट पार्टीको कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने पद्धतिको निर्माण गर्नेछौँ।”

पाण्डेसँग केपी ओली समूहबाट शंकर पोखरेलले महासचिवमा उम्मेदवारी दोहोर्याएका छन्। उनको उम्मेदवारीमा प्रदीप ज्ञवालीलगायतकाहरु असन्तुष्ट देखिएका छन्। ज्ञवालीले त पोखरेलको उम्मेदवारीप्रति भद्र विद्रोह गर्दै उपाध्यक्षको प्रस्ताव अस्वीकार गरेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए।

मंसिर २९, २०८२ सोमबार २०:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।