विवाईडी डल्फिनको बिक्री १० लाख कट्यो, नयाँ संस्करणको परीक्षण सुरु
काठमाडौं : चिनियाँ ईभी निर्माता विवाईडीको ‘डल्फिन’ मोडलले विश्वभर १० लाख युनिट बिक्रीको कोशेढुङ्गा पार गरेको छ। यो उपलब्धिसँगै डल्फिन चिनियाँ बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री हुने ह्याचब्याक ईभी बनेको छ।
नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका अनुसार नेपालमा पनि यो गाडी सर्वाधिक लोकप्रिय छ। सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक भएयता हाल नेपालका सडकमा २५ सयभन्दा बढी डल्फिन गुडिरहेका छन्।
कम्पनीले सन् २०२६ का लागि डल्फिनको नयाँ संस्करण ल्याउने तयारी गरेको छ। हाल चीनमा परीक्षणको चरणमा रहेको यो नयाँ मोडलको डिजाइन र ड्राइभिङ अनुभवमा महत्त्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ।
सुरक्षाका दृष्टिकोणले ई-प्लेटफर्म ३.० मा आधारित डल्फिनमा लेभल-२ एडास (ADAS), १२.८ इन्चको रोटेटिङ स्क्रिन र उत्कृष्ट क्याबिन स्पेस जस्ता विशेषताहरू रहेका छन्।
मंसिर २९, २०८२ सोमबार १७:५०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।