इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न, मनिष धमलालाई छात्रवृत्ति

इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न, मनिष धमलालाई छात्रवृत्ति

पोखरा : बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ। समारोहमा बिए (बिजनेस) र बिएस्सी (कम्प्युटिङ) तहका विद्यार्थीहरू दीक्षित भए।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी मनिष धमलालाई सम्मान स्वरूप 'इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति' प्रदान गरिएको छ। यससँगै उनले इस्लिङ्टन कलेजमा एमएससी आइटी पढ्ने छात्रवृत्ति र इनोभेट नेपाल ग्रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन्।

इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीको उपस्थिति रहेको उक्त समारोहमा वक्ताहरूले अन्तर्राष्ट्रियस्तरको सीपमूलक शिक्षाको महत्त्वमा जोड दिएका थिए।

इन्फोरमेटिक्स कलेज पोखराले लामो समयदेखि सूचना प्रविधि र व्यावसायिक प्रशासनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ। गुणस्तरीय शिक्षा र विश्वव्यापी प्रतिस्पर्धामा खरो उत्रने जनशक्ति उत्पादन गर्नु आफ्नो प्रमुख प्रतिबद्धता रहेको कलेज प्रशासनले जनाएको छ।

मंसिर २९, २०८२ सोमबार १७:३६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।