‘बिगुल’को टिजर रिलिजसँगै रिसाइन् बेनिशा, हुँदै नभएको विषय जोडेको आरोप

‘बिगुल’को टिजर रिलिजसँगै रिसाइन् बेनिशा, हुँदै नभएको विषय जोडेको आरोप

काठमाडौं : रमेश कोइरालाको निर्देशनमा निर्माण भएको फिल्म ‘बिगुल’को टिजर रिलिज भएसँगै यसकी अभिनेत्री बेनिशा हमाल निर्देशकसँग रिसाएकी छिन्। टिजर रिलिज भएपछि अधिकांश कमेन्टकर्ताले हमालको तारिफ गरेका छन्। तर उनी भने रिसाएकी छिन्।

फिल्मको ट्रेलरले राजनीतिक विषय वस्तु बोकेको देखिन्छ। टिजरको अन्तिममा निर्देशक कोइरालाले बठ्याइँ गर्दै जेन्जीको कथा वाचन गरेपछि अभिनेत्री हमालले सामाजिक सञ्जालमा हुँदै नभएको विषयवस्तु राखेको भन्दै आक्रोश व्यक्त गरेकी छिन्।

“परिस्थिति जस्तोसुकै भए पनि, मैले सधैँ मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको छु। एक कलाकारको  हैसियतले के साझा गर्ने र के नगर्ने भन्ने सिमाना मलाई स्पष्ट छ। फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु,” उनले लेखेकी छिन् “यदि फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टिजरमा देखाइन्छ भने म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ।”

मंसिर २९, २०८२ सोमबार १६:३६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।