एमालेलाई एकताबद्ध बनाउन प्रतिनिधिहरूले विवेकपूर्ण मतदान गर्नुहुन्छ : सुरेन्द्र पाण्डे
काठमाडौं : एमालेका उपाध्यक्ष तथा महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध बनाउन विवेकपूर्ण मतदान गर्ने विश्वास व्यक्त गरेका छन्।
एमालेको ११औं महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले प्रतिनिधिहरूको प्रतिक्रिया अत्यन्त सकारात्मक र उत्साहजनक रहेको बताए।
‘प्रतिनिधिहरूले विवेक सम्मत रूपमा बुझ्नुहुन्छ। पार्टीलाई एकताबद्ध बनाएर लैजानको लागि उहाँहरूले एकदमै विचार पुर्याएर मतदान गर्नुहुन्छ’, पाण्डेले भने।
उनले एमालेका प्रतिनिधिहरू असाध्यै परिपक्व रहेको उल्लेख गर्दै नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई थप उचाइमा पुर्याउन उहाँहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।
मंसिर २९, २०८२ सोमबार १२:२६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।