नेपालगञ्जमा ‘डिपल एस ०५’ र ‘नामी भिगो’ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
नेपालगञ्ज : नेपालका लागि डिपल र नामी विद्युतीय गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालको नेपालगञ्जमा दुई नयाँ विद्युतीय गाडी ‘डिपल एस ०५’ र ‘नामी भिगो’ सार्वजनिक गरेको छ।
कम्पनीले नेपालगञ्ज क्षेत्रको आधिकारिक डिलर पानस अटोमोटिभसँगको सहकार्यमा शुक्रबार एक कार्यक्रमबीच यी गाडीहरू बजारमा ल्याएको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियालगायतको उपस्थिति थियो।
डिपल एस ०५ ईभीमा सिएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ। यसमा भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, रिमोट पार्किङ, एआर-हड्स र १४.४ इन्चको टचस्क्रिन जस्ता अत्याधुनिक सुविधा छन्।
मूल्य: नेपालगञ्जका लागि विशेष लन्च अफरअन्तर्गत डिपल एस ०५ को ब्ल्याक इन्टेरियर भेरियन्ट रु. ५५ लाख ९९ हजार र ओरेन्ज इन्टेरियर भेरियन्ट रु. ५६ लाख ९९ हजार तोकिएको छ।
डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगोमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। यसले ३५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। यसमा लेभल २ एडास (ADAS), फास्ट चार्जिङ (१८ मिनेटमा ३०-८० प्रतिशत), र मेमोरी सिट जस्ता विशेषता छन्।
मूल्य: लन्च अफरअन्तर्गत नामी भिगो ई२ को मूल्य रु. ३७ लाख ९९ हजार र ई२ प्लस भेरियन्टको मूल्य रु. ४० लाख ९९ हजार कायम गरिएको छ।
कम्पनीले लन्चको अवसरमा नेपालगञ्जमा टेस्ट ड्राइभ तथा एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको पानस अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालले जानकारी दिए।
मंसिर २९, २०८२ सोमबार ०९:२५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।