एमालेमा उम्मेदवारी मंसिर २९ गते, मतदान पुस १ मा

एमालेमा उम्मेदवारी मंसिर २९ गते, मतदान पुस १ मा

काठमाडौं : एमालेको नयाँ नेतृत्व चयनका लागि पुस १ गते निर्वाचन हुने भएको छ। आइतबार साँझ निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार मंसिर २८ मा मतदाता नामावली प्रकाशित हुनेछ। दाबी-विरोध, दाबी/विरोधमाथि छानबिन गरेर अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दर्ता र दाबी/विरोध लगायतका प्रक्रिया २९ गते सक्काएर १ गते मतदान हुने कार्यतालिकामा उल्लेख छ।

पुस १ गते बिहान ११ देखि बेलुका पाँच बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मतगणना हुने निर्वाचन समितिले उल्लेख गरेको छ। ११ औँ महाधिवेशनबाट नेतृत्व चयनका लागि डा विजय सुब्बाको नेतृत्वमा निर्वाचन समिति बनेको छ।

मंसिर २८, २०८२ आइतबार १८:५०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।