सबै ध्यान चुनावमा लगाउन प्रधानमन्त्रीलाई राष्ट्रपतिको निर्देशन
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिए। राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै पौडेलले चुनाव प्रभावित नहुनेगरि काम गर्न भनेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन समेत नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका थिए।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आङ्कलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका थिए।
सो अवसरमा राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।
मंसिर २८, २०८२ आइतबार १८:३४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।