ओलीको ब्रिफिङसँगै एमाले बन्दसत्र आरम्भ, विद्युतीय भोटिङमार्फत नेतृत्व चयन

ओलीको ब्रिफिङसँगै एमाले बन्दसत्र आरम्भ, विद्युतीय भोटिङमार्फत नेतृत्व चयन

काठमाडौं : एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरे।

उनले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्ष मण्डल घोषणा गरे। बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ। 

ओलीले जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे भनाइ राख्नेछन्। अध्यक्ष मण्डलले निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन निर्देशन दिनेछ। एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ।

तीन महिनाअघि विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय सदस्य संख्या घटाउने निर्णय गरेको थियो। तर, आज बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको थियो। बन्द सत्रले त्यहीअनुसार, नेतृत्व चयन गर्नेछ।

मंसिर २८, २०८२ आइतबार १६:०७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।