पोखरेल समूहका युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा

पोखरेल समूहका युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा

काठमाडौं : ईश्वर पोखरेल समूहका बलिया नेता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले ११ औँ महाधिवेशनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनले भृकुटीमण्डपमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा ११ औँ महाधिवेशनमा आफू कुनै पनि पदमा उम्मेदवार नबन्ने घोषणा गरेको बैठकमा सहभागी एक नेताले बताए।

ज्ञवाली पार्टी नेतृत्वका दाबेदारमध्ये ईश्वर पोखरेलको समूहमा सक्रिय छन्। उनले ११ औँ महाधिवेशनमा आफू कुनै पनि पदमा उम्मेदवार नबन्ने तर पार्टी राजनीतिमा भने सक्रिय रहने घोषणा गरेका हुन्।

मंसिर २८, २०८२ आइतबार १२:२५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।