एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, नेतृत्व चयनअघि विधान संशोधनको तयारी
काठमाडौं : एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए।
उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए। यस्तै, बिहान ८ बजे बोलाइएको महाधिवेशनको बन्दसत्र साढे १२ बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो। शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आइतबारदेखि हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
मंसिर २८, २०८२ आइतबार ०८:५९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।