उपचारको क्रममा कैदीबन्दीको मृत्यु
पर्सा : वीरगञ्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगर-१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन्।
वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जानकारी दिए।
'कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुने बित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौं। तर, उहाँको उपचारका क्रममा मृत्यु भएको हो,' उनले भने। महतो सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र दुई हजार जरिवाना तोकिएको थियो।
मंसिर २६, २०८२ शुक्रबार १७:४७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।