इन्डोनेसियाको ड्रोन उत्पादक कम्पनीमा ब्याट्री पड्कँदा आगलागी, २२ जनाको मृत्यु

इन्डोनेसियाको ड्रोन उत्पादक कम्पनीमा ब्याट्री पड्कँदा आगलागी, २२ जनाको मृत्यु

एजेन्सी : इन्डोनेसियाको राजधानी जाकार्तास्थित एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो सात तल्ले भवनमा आगलागी भएको हो।

शहरका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कोन्ड्रोका अनुसार आगलागी सुरु हुँदा केही कर्मचारीहरू दिउँसोको खाना खाइरहेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भवनको पहिलो तल्लामा रहेको ब्याट्री पड्किँदा आगो सुरु भएको थियो।

त्यही आगो बिस्तारै माथिल्लो तल्लाहरूतर्फ फैलिएको थियो। उक्त भवन ड्रोन उत्पादन गर्ने एक कम्पनीको हो।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धेरैजसो महिला छन्, जसमा एक गर्भवती महिला पनि समावेश छिन्। धेरैजसोको मृत्यु आगोको बाक्लो धुवाँका कारण निसास्सिएर भएको प्रहरीको अनुमान छ।

आगो नियन्त्रण तथा उद्धारका लागि २८ वटा दमकल र करिब १०० जना अग्नि नियन्त्रक खटाइएको थियो।

हाल आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको छ भने उद्धार टोलीले भवनको माथिल्लो तल्लाहरूमा थप खोजी कार्य जारी राखेको छ।

मंसिर २४, २०८२ बुधबार ०८:०५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।