रोयल एनफिल्डको ‘हन्टर ३५०’ अब नेपाली बजारमा

रोयल एनफिल्डको ‘हन्टर ३५०’ अब नेपाली बजारमा

काठमाडौं : रोयल एनफिल्डले आफ्नो लोकप्रिय मोडेल ‘हन्टर ३५०’ को नयाँ २०२५ संस्करण (BS VI) नेपाली बजारमा सार्वजनिक गरेको छ। मिड-साइज मोटरसाइकल बजारमा अग्रणी मानिने रोयल एनफिल्डले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नयाँ रङ, परिमार्जित फिचर र सुधारिएको डिजाइनसहितको मोटरसाइकल सार्वजनिक गरेको हो।

नयाँ हन्टर ३५० मा रोयल एनफिल्डले आफ्नो ३५०- सिसी सेगमेन्टमा पहिलो पटक ‘स्लिप असिस्ट क्लच’को सुविधा थप गरेको छ। यसले शहरी ट्राफिकमा गियर परिवर्तन र राइडिङलाई सहज बनाउने कम्पनीको दाबी छ।

यस संस्करणमा पछाडिको सस्पेन्सन परिमार्जन गरिएको छ भने ग्राउण्ड क्लियरेन्स बढाएर १६० एमएम पुर्याइएको छ। अन्य मुख्य विशेषताहरूमा डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प, सुधारिएको सीट र अप्सनल ‘ट्रिप नेभिगेटर’ रहेका छन्। यसमा ३४९ सीसीको जे-सिरिज इन्जिन प्रयोग गरिएको छ।

कम्पनीले यो मोटरसाइकललाई विश्वका चर्चित शहरहरूबाट प्रेरित रङहरूमा बजारमा ल्याएको छ। यसमा रियो ह्वाइट, टोकियो ब्ल्याक, लन्डन रेड र ग्रेफाइट ग्रे लगायतका रङ उपलब्ध छन्।

नेपाली बजारमा नयाँ हन्टर ३५० को मूल्य भेरियन्ट अनुसार फरक-फरक तोकिएको छ। सिंगल टोनको ४ लाख ९४ हजार (रियो ह्वाइट, ड्यापर ग्रे र ग्रेफाइट ग्रे) र डुअल टोन ४ लाख ९९ हजार (टोकियो ब्ल्याक, लन्डन रेड र रेबेल ब्लु) मूल्य तोकिएको छ। कम्पनीले देशभरका शोरुमहरूमा बुकिङ तथा टेस्ट-राइड खुला गरिएको जानकारी दिएको छ।

मंसिर २३, २०८२ मंगलबार १६:२४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।