महालक्ष्मी विकास बैंकलाई ‘बैकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टि’ अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं : महालक्ष्मी विकास बैंकले ‘बैकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टि’ विधामा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
डिसेम्बर ७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित ‘इन्डिया बिजनेस अवार्ड २०२५’ समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
बैंकले ब्राण्ड प्रतिष्ठा, ग्राहक विश्वास, नवप्रवर्तनकारी बैंकिङ सेवा, नेतृत्व विकास र संस्थागत सामाजिक उत्तरदायित्वमा पुर्याएको योगदानको कदरस्वरूप यो अवार्ड पाएको जनाएको छ।
अवार्ड ग्रहणका लागि बैंकका वरिष्ठ अधिकृतहरू दिल्ली पुगेका थिए। सीमापार भुक्तानी सेवा र रेमिटेन्स प्रवर्द्धनमा सक्रिय रहेको महालक्ष्मी विकास बैंकले यो सम्मानबाट नेपाल र भारतबीचको बैंकिङ सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।
केही समयअघि मात्रै इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित भएको बैंकले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ।
मंसिर २३, २०८२ मंगलबार १२:४८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।