दोलखामा हाइड्रोपावरको सुरुङभित्र काम गर्ने क्रममा लडेर मजदुरको मृत्यु
दोलखा : दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित बाबरी हाइड्रोपावरमा काम गर्ने एक मजदुरको लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका ३९ वर्षीय शुक्र बहादुर राई रहेका छन्।
प्रहरीका अनुसार, राई सोमबार साँझ करिब ७ बजे सुरुङभित्र ड्रिल खोप्ने क्रममा करिब ५ मिटर तल खसेर गम्भीर घाइते भएका थिए।
घाइते राईलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल शाखा अस्पताल भीमेश्वर, दोलखा पठाइएको थियो।
तर, मंगलबार बिहान १२:२० बजे अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लामाबगरले जनाएको छ।
शव हाल भीमेश्वरस्थित अस्पतालमै राखिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय लामाबगरबाट ७ किलोमिटर पूर्वतर्फ पर्दछ।
मंसिर २३, २०८२ मंगलबार ११:५६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।