काठमाडौं क्यान्सर सेन्टरमा अत्याधुनिक ‘ब्राकिथेरापी सुइट’ सञ्चालनमा

काठमाडौं क्यान्सर सेन्टरमा अत्याधुनिक ‘ब्राकिथेरापी सुइट’ सञ्चालनमा

काठमाडौं : भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले क्यान्सर उपचारलाई थप प्रभावकारी र बिरामीमैत्री बनाउन अत्याधुनिक ‘ब्राकिथेरापी सुइट’ सञ्चालनमा ल्याएको छ।

यो सुइट सञ्चालनमा आएपछि अब बिरामीले ब्राकिथेरापीसम्बन्धी सम्पूर्ण सेवाहरू एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

सेन्टरका अध्यक्ष तथा क्लिनिकल अन्कोलोजिस्ट डा. सिमित सापकोटाका अनुसार, यो प्रविधिमार्फत शरीरभित्रै विकिरण प्रवाह गरी क्यान्सरको उपचार गरिन्छ, जसले शल्यक्रिया गरेर अंग हटाउनुपर्ने बाध्यतालाई कम गर्छ।

सन् २०१९ देखि नै ब्राकिथेरापी सेवा दिँदै आएको सेन्टरले पाठेघरको मुखको क्यान्सरका साथै ओठ, जिब्रो, फोक्सो, कलेजो र अन्ननलीको क्यान्सरमा समेत सफल उपचार गरिरहेको छ।

क्लिनिकल अन्कोलोजिस्ट डा. सुभाष पण्डितले सेन्टरको उपचार पद्धति र नतिजाबाट प्रभावित भएर अमेरिका लगायत विभिन्न देशका चिकित्सक टोली अवलोकनका लागि आउने गरेको जानकारी दिए।

यस सेवालाई ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गरिएको र उपचारमा मल्टिडिसिप्लिनरी विशेषज्ञ टोली संलग्न हुने सेन्टरले जनाएको छ।

मंसिर २३, २०८२ मंगलबार १०:१३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।