एन आई सी एशिया बैंकका ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकका ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडौं : एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करलाई सरकारी प्रणालीमा अभिलेख गर्न प्यान नम्बर आवश्यक पर्ने जनाएको छ।

प्यान अद्यावधिक गरेपछि ग्राहकले करकट्टी र कर चुक्ता प्रमाणपत्र लिन बैंकसम्म धाउनु नपर्ने र स्वतः प्रणालीबाटै मिलान हुने बैंकले स्पष्ट पारेको छ।

ग्राहकहरूले प्यानका लागि बैंकको पोर्टल, मोबाइल बैंकिङ एप वा नजिकैको शाखा कार्यालयमा गएर, ईमेलका लागि बैंकको भिडियो केवाईसी लिङ्क, मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’ वा शाखा कार्यालय गएर अद्यावधिक गर्न सक्नेछन्।

बैंकले प्यान अद्यावधिक नगरेको कारण ब्याज कर दाखिला नभएमा वा समस्या आएमा बैंक जिम्मेवार नहुने समेत सचेत गराएको छ। थप जानकारीका लागि बैंकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा फोन गर्न सकिनेछ।

मंसिर २३, २०८२ मंगलबार ०९:३१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।