‘करेन्ट नुडल्स’ बन्यो सौर्य ऊर्जा प्रयोग गर्ने नेपालकै पहिलो नुडल्स उद्योग

‘करेन्ट नुडल्स’ बन्यो सौर्य ऊर्जा प्रयोग गर्ने नेपालकै पहिलो नुडल्स उद्योग

कपिलवस्तु : करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्सले आफ्नो उद्योगमा ८६५ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरेको छ। योसँगै यशोदा फुड्स सौर्य ऊर्जाबाट सञ्चालन हुने नेपालको पहिलो नुडल्स उद्योग बनेको छ।

कम्पनीले कपिलवस्तुको चन्द्रौटास्थित कारखानाको छतमा सोलार प्यानल जडान गरी विद्युत् उत्पादन सुरु गरेको हो। यस परियोजनाबाट उद्योगलाई आवश्यक पर्ने करिब ८० प्रतिशत बिजुली आपूर्ति हुने र विद्युत खर्च ६५ प्रतिशतले घट्ने कम्पनीले जनाएको छ। साथै, यसबाट वार्षिक २,००० टन कार्बन उत्सर्जन कम हुने अपेक्षा गरिएको छ।

प्राइम रिन्यूएवल्स प्रा.लि.ले निर्माण गरेको यो परियोजनामा एनएमबी बैंकले वित्तीय सुविधा उपलब्ध गराएको छ भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत जर्मन सरकारको सहयोगमा ब्याज अनुदान प्राप्त भएको छ।

यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. साहले सोलार जडानले कार्बन उत्सर्जन घटाउनुका साथै उत्पादन लागत कम गर्न र उद्योगलाई दिगोपनतर्फ लैजान मद्दत पुग्ने बताएका छन्।

मंसिर २३, २०८२ मंगलबार ०८:२४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।