सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी प्रायोजक बन्यो एलआरआर मोटर्स
काठमाडौं : एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी प्रायोजन गरेको छ। सोमबार आयोजित एक कार्यक्रमबीच एलआरआर मोटर्स र सुदूरपश्चिम रोयल्सबीच प्रायोजन सम्झौता सम्पन्न भएको हो।
सम्झौतापछि अब मस्कट ‘बड्डाउ’को रिब्रान्डिङ भई ‘जिली बड्डाउ’ नामकरण गरिएको छ। एलआरआर मोटर्स, विश्वचर्चित चिनियाँ ब्रान्ड जिलीका ‘इएक्स फाइभ म्याक्स’ र ‘प्रो सिरिज’ विद्युतीय गाडीको नेपालका लागि आधिकारिक वितरक हो। अब ‘जिली बड्डाउ’ले जिली इएक्स फाइभ गाडीको ब्रान्ड प्रवर्द्धनमा समेत भूमिका खेल्नेछ।
सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र एलआरआर मोटर्सका प्रबन्ध निर्देशक (एमडी) जीवनजङ्ग शाहीले हस्ताक्षर गरे। सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले एलआरआर मोटर्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। त्यस्तै, एलआरआर मोटर्सका प्रबन्ध निर्देशक शाहीले सुदूरपश्चिम रोयल्सजस्तो सफल टोलीसँग जोडिन पाउनु गर्वको विषय भएको बताए।
मंसिर २२, २०८२ सोमबार १५:१७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।