लामिनारको ‘मेरो सपनाको घर’ अभियान, निःशुल्क घर सजावट जित्ने अवसर

लामिनारको ‘मेरो सपनाको घर’ अभियान, निःशुल्क घर सजावट जित्ने अवसर

काठमाडौं : लामिनार भिट्रिफाईड टायलले ‘मेरो सपनाको घर’ नामक नेपालकै पहिलो घर सजावट अभियान सुरु गरेको छ। मिस नेपाल-२०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको नेतृत्वमा हुने यस अभियानमा दुई परिवारले एउटा कोठा र बाथरुमको पूर्ण रूपान्तरण निःशुल्क पाउनेछन्।

आफ्नो कोठा वा बाथरुमलाई किन सजावट आवश्यक छ भन्ने खुलाइएको ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाई #LaminarMeroSapanakoGhar ह्यासट्याग र @laminartiles लाई ट्याग गरेर सामाजिक सञ्जाल (TikTok/Facebook/Instagram) मा पोस्ट गर्नुपर्नेछ।

भिडियो पठाउने अन्तिम मिति २०२६ जनवरी २ तोकिएको छ। विजेताको घोषणा जनवरी ७ मा हुनेछ। राम्रो डिजाइनको सहायताले नेपाली घरहरूलाई आकर्षक, उपयोगी र आरामदायी स्थानका रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु अभियानको मुख्य उद्देश्य रहेको लामिनारले जनाएको छ।

मंसिर २२, २०८२ सोमबार १५:०३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।